ओखलढुङ्गा ।
ओखलढुङ्गाबाट कोसी प्रदेश सभाका लागी निर्वाचित सांसद प्रदीप कुमार सुनुवार कोसी प्रदेशको मन्त्री चयन भएका छन् । कोसी प्रदेशका नवनियुक्त मुख्य मन्त्री उद्धव थापाले सांसद सुनुवारलाई आजै मन्त्री पदमा शपथ गराएका छन् ।
२०४२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका सुनुवारले २०४९ सालमा नेपाली कांग्रेसको सदस्यता लिँदै आफ्नो राजनैतिक यात्रा फराकिलो पारेका थिए। जनताको सेवामा निरन्तर समर्पित सुनुवार नेपाली कांग्रेस पार्टीको ९ औ माहाधिवेशनदेखि हाल सम्म निरन्तर ओखलढुंगाबाट नेपाली कांग्रेसको माहाधिवेशन प्रतिनिधिको रूपमा निर्वाचित हुँदै आएका छन् ।
तल्लो स्तरको नागरिकको गुनासो सुन्ने सरल नेताको छवी बनाएका सुनुवार नेपाल तरुण दल सगरमाथा सञ्चलको संयोजक समेत भएर युवाहरू सँग सहकार्य गरेका छन् । २०५२ सालमा भएको काँग्रेसको ९ औ माहाधिवेशनमा नेपाली कांग्रेस ओखलढुंगाको सहसचिव बनेका सुनुवार १० औ महाधिवेशनमा प्रजातान्त्रिक कांग्रेसको ओखलढुङ्गा जिल्ला उप सभापतिको पदमा चयन भएका थिए ।
कांग्रेको १२ औ महाधिवेशनमा ओखलढुङ्गा कांग्रेसको सभापति पदमा निर्वाचित भएर कांग्रेस ओखलढुंगाको बागडोर संहालेका सांसद सुनुवार १३ औ महाधिवेशनमा पुन ओखलढुङ्गा कांग्रेस सभापति भएका थिए । यसरी २ पटक काँग्रेस ओखलढुंगाका सभापति भएका सुनुवार हक्की स्वभाव भएका इमानदार र कुशल संगठकका रूपमा चिनिन्छन ।
ओखलढुंगाको बिकट मानिने खिजी फलाटेमा बाबा शान्त बहादुर सुनुवार र आमा फुल माया सुनुवारको पहिलो सन्ताको रूपमा जन्म लिएका प्रदीप कुमार सुनुवार २०५४ मा भएको स्थानीय तहको निर्वाचनमा खिजिफलाटेको गाविस अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित सुनुवार २०७४ को प्रदेश सभाको निर्वाचनमा ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवार बनेका थिए ।
त्यस बखत उनले आफ्नो क्षेत्र छाडेर अर्को क्षत्रमा उम्मेदवार बनेको आरोपमा आफ्नै पार्टीको बागी उम्मेदवारको सामना गर्नु परेको थियो । सोही बागी उम्मेद मरका कारण हार बेहोरेका सुनुवारले २०७९ को निर्वाचनमा कोसी प्रदेश सभा सदस्य पदमा नेकपा समालेका नेता अम्बीर बाबु गुरुङलाई पछि पार्दै जित निकालेका थिए ।











प्रतिक्रिया