सल्यान बसमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत



सल्यान ।

सल्यानमा बसमा करेन्ट लागेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी  ७० वर्षीय बालराम डाँगी र  उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीकाे मृत्यु भएको छ । उक्त घटनामा  बस धनी सल्यान छत्रेश्री गाउँपालिका-६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

विहिबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाईनको विद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तार(स्टे)मा छुदा करेन्ट लागेर २ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

घाईतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्