कारागारभित्र एक जना कैदी मृत फेला



बाँके ।

कारागारमा एक कैदी मृत फेला परेका छन् । बाँकेको नेपालगञ्जस्थित जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता बिहीबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

गुप्ताले तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परिवारलाई खबर गरिएको र गुप्ताको मृत्युबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्