दलाई लामाको जन्मोत्सव भव्य रूपमा मनाइयो 



काठमाडौं । 

चीन सरकारले आपत्ति जनाउँदा जनाउँदै पनि नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख सहितको उपस्थितिमा निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव आज भव्य रूपमा मनाइएको छ ।

नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीको समूहले  धार्मिक नेता दलाई लामाको ८८ औँ जन्मदिन मनाएका हुन् । तिब्बतबाट निर्वासित धार्मिक नेता लामा बिहीबारदेखि ८८ वर्ष पुगेका छन् । उनी १४ औँ दलाई लामा हुन्।

जन्मोत्सव कार्यक्रमको संयोजन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले गरेको थियो । तिब्बती समुदायले काठमाडौँस्थित स्वयम्भूको नाम्गेल स्कुल परिसरमा एक कार्यक्रमको आयोजना गरी जन्मदिन मनाएका हुन ।

तिब्बती समुदायले तिब्बती परम्परा अनुसार दलाई लामाको तस्बिरमा पूजा अर्चना गरी दीर्घायुको कामना समेत गरेका थिए । सो समारोहमा नेपालस्थित अमेरिकी, जापान, फ्रान्स, युरोपियन युनियनलगायतका विदेशी कूटनीतिज्ञ सहभागी भएका थिए ।  अघिल्लो वर्ष उनीहरूले जाउलाखेरको खुला चउरमा कार्यक्रम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्