प्रहरी कार्यालयका लेखापालविरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं । जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक विनोद विष्टविरुद्ध दुई लाख रुपियाँ घुस लिएको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा निज विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको जनाइएको छ ।

आरोपित विष्ट उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।