काठमाडौंको सिडिओमा युवा प्रशासक बस्नेत



काठमाडौं ।

गृह मन्त्रालयले संघीय राजधानी रहेको काठमाडाैंको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा युवा प्रशासक जितेन्द्र बस्नेतलाई पठाएको छ ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार मात्रै सचिवमा बढुवा भएपछि उनको ठाउँमा बस्नेतलाई पठाइएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरिय निर्णय गर्दै बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन ।

शालिन र कुशल प्रशासकको छवि बनाउँदै आएका बस्नेत निर्णय क्षमतामा अब्बल मानिन्छन् । बस्नेत हाल गृह मन्त्रालय शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख तथा गृह प्रवक्ताको रुपमा रहेका थिए ।

उनले यस अघि चितवन, वारा, पर्सामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा सफलतापुर्वक काम गरसिकेका छन् । यस्तै सुदरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवको जिम्मेवारी समेत सम्हालेका थिए ।

यसैगरि बस्नेतले यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर नीतिगत तहमा पनि महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए भने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकको भुमिका समेत निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्