राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले नै व्यहोर्ने



g]sfF kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s g]kfnL sfFu|]; kf6L{ s]G›Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f

काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने भएको छ । १२ असारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च व्यहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदा लागेको हवाई भाडा, अस्पतालको खर्च, सुरक्षाकर्मीको भ्रमण भत्तासहित ५५ लाख २ हजार २ सय ८९ रुपैयाँ सरकारले व्यहोर्ने भएको हो । यसअघि पौडेलको उपचार खर्च सरकारले व्यहोर्न नहुने भन्दै चौतर्फी आलोचना भएको थियो ।

राष्ट्रपति पौडेलले गत वैशाख ६ देखी १७ गतेसम्म भारतको दिल्लीमा उपचार गराएका थिए ।

‘यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ निकासा गरिदिन अनुरोध छ ।’ परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्