काठमाडौँका सिडिओ उपाध्याय सचिवमा बढुवा 



 काठमाडौँ। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी(सिडिओ) घनश्याम उपाध्याय नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।

 मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिसमा परेका तीन जना सचिव मध्ये कार्यक्षमता र वरिष्ठताका आधारमा उपाध्यायलाई बढुवा गरेको हो । सचिव बढुवा सिफारिसमा उपाध्याय लगायत सहसचिवहरु लक्ष्मी बस्नेत र दिनेश घिमिरे परेका थिए । सचिवमा बढुवा भएका उपाध्याय कुशल र इमान्दार प्रशासकका रुपमा परिचित छन् । उनले ललितपुर र काठमाडौँमा रहेर सफल सिडिओको  भूमिका निर्वाह गरेका थिए ।

त्यस अघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पर्यटन मन्त्रालय, गृह मन्त्रालयमा रहेर महत्त्वपूर्ण नीति निर्माण कार्यमा सरिक भएका थिए । उनी सहसचिवको लिखित प्रतिस्पर्धामा खुला तर्फ टपर भएका थिए।

प्रतिक्रिया दिनुहोस्