हवाई भाडा घट्यो , कुन रुटमा कति ? (सूचीसहित)



काठमाडौँ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा घटाएको छ । प्राधिकरणले भोलि (बुधबार)देखि लागू हुने गरी हवाई भाडादर घटाएको हो ।

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएपछि निगले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको भाडा ६१५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।

यस्तै काठमाडौं–भद्रपुर भाडा ४२० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ ।

यसैगरी काठमाडौंबाट विराटनगर तीन हजार २६५ रुपैयाँ, जनकपुर एक हजार ७५० रुपैयाँ, भरतपुर एक हजार ४५५ रुपैयाँ, पोखरा दुई हजार १५५ रुपैयाँमा झरेको छ ।

काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्