पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक घाइते



अर्घाखाँची ।

 पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको  मृत्यु भएकाे वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए ।

घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, ११ वर्षीया मञ्जु रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्