मारुती सिमेन्ट उद्योगका सञ्चालक राठीसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ।

मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह र अजयकुमार साहविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

ठगी एवं आपराधिक विश्वासघात गरेको कसुरमा नन्दकिशोर राठीसहित ६ जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ अनुमति लिएको बताइएको छ।

सप्तरीको राजविराज नगरपालिका-४ का दिवाकर साहले गत चैतमा घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै साहले उनीहरूविरूद्ध जाहेरी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्