मुस्ताङ्गी राजाका छोराको बिहे, गाउँपालिकाले दियो सार्वजनिक बिदा


काठमाडौं ।

मुस्ताङको लोमन्थाङ गाउँपालिकाले असार १८ गते सोमबार सार्वजनिक बिदा दिएको छ।

मुस्ताङ्गी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष टसि न्हर्वु गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।