मेट्रोपोलिसको सञ्चालक समिति सदस्यमा मेयर बालेन निर्वाचित



काठमाडौं ।

काठमाडौं मानगरपालिकाका मेयर बालने शाह मेट्रोपोलिसको सञ्चालक समितिको सदस्य निर्वाचित भएका छन्।

ब्रुसेल्स समिटमा मेयर बालेनलाई वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

उनका अनुसार जेठ २९ देखि ३२ सम्म भएको समिटले मेयर बालेनलाई २०२४ देखि २०२६ सम्मका लागि सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो।

मेट्रोपोलिस शहरी चुनौतिहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्ने महानगरीय क्षेत्रका प्रमुख शहरहरूको अन्तर्राष्ट्रिय नेटवर्क हो। यसले रणनीतिक अभिमुखीकरणको विकास र महानगरको मिसनको विकास र उपलब्धिका लागि आवश्यक निर्णयहरू अनुमोदन गर्छ।

प्रतिक्रिया दिनुहोस्