ललिता निवास प्रकरण : जग्गा संरक्षण शुरु



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले बहुचर्चित ललिता निवासको जग्गा संरक्षण शुरु गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) वालुवाटारस्थित ललिता निवासमा जग्गा घोटाला गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, धर्मप्रसाद गौतम र पुर्व निर्वाचन आयुक्त सुधिर शाहलाई पक्राउ गरी दोस्रो पटक अनुसान्धान शुरु गरेपछि कामपाले गरेको सो काण्डमा घोटाला गरिेको जग्गा संरक्षण शुरु गरेको हो ।

पहिलो चरणमा घेराबार लगाउन, भौतिक संरचना भए निर्माण रोक्न र भएको भवन खाली गर्न कामपाको टोली ललिता निवासको जग्गामा पुगेको हो ।

कामपा नगरप्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा कामपाका नक्सा विभागका इन्जिनियर , वडानं ४ का वडाका जनप्रतिनिधि सहितको टोली जग्गामा पुगेका थिए । लगत्तै कामपाका टोलीले सो क्षेत्रमा निर्माण गरिएको करिब ८ वटा टहरा तत्काल खाली गर्न निर्देशन दिएको छ ।

कामपा प्रहरी प्रमुख पाण्डेले निर्माण, सामाग्री सहित विभिन्न वस्तु भण्डारण गरिएको ठुला ठुला टहरा हटाउन करिब एकसाता समय दिने जानकारी दिनुभयो । कामपाको टोलीले हिजैबाट सो जग्गाको नापजाच शुरु गरेको छ । एनआर एन र भाटभेटेनीको गोदाम खालीगर्ने विषयमा कामपाले सरकारसंग समन्वय गर्ने भएको छ ।

कामपा प्रवक्ता नविन मानन्धरले सार्वजनिक सम्पत्ती संरक्षण गर्ने दायित्व कामपको भएकाले सोही अनुसार कारबाही शुरु गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्