ललिता निवास प्रकरण : कामपा नगर प्रहरी बल ललिता निवास तारबार गर्न जाँदै



काठमाडौँ।

बहुचर्चित बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा काठमाडौं महानगरपालिकाले संरक्षण गर्न तारबार लगाउने भएको छ।

आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको महानगरपालिकाले जनाएको छ।

सार्वजनिक जग्गा संरक्षण गर्न तरबार लगाउन प्रमुख राजु पाण्डे नेतृत्वको टोलीसंगै कामपाको नक्सा विभागको टोली पनि सहभागी छ।

केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।

ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्