गौरवशाली इतिहास बोकेको नेकपा एमाले भविष्यको योजना कार्यान्वयन गर्न सक्षम पार्टी हो : उपाध्यक्ष पोखरेल



धादिङ । 

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इतिहास बोकेको भविष्यको योजना वर्तमानमा कार्यान्वयन गर्ने क्षमता भएको पार्टी भएको बताउनुभएको छ ।

नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि परिषद्लाई सम्बोधन एमालेले लिएको चार एजेन्डालाई कार्यान्वयन गर्नका लागि आग्रह गर्नुभयो ।
आर्थिक संवृद्धि, राष्ट्रियता, सामाजिक एकता र देश बनाउने जागरणको एजेन्डा एमालेको भएकोले व्यवहारमा कार्यान्वयन गर्नका लागि पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

सबै जाती धर्म समुदायको विविधतामा एकता एमाले उजेण्डा भएपनि एमालेलाई सिध्याउनका लागि पहिचान बादीको नाममा एमाले विरुद्ध मानिसहरुलाई उचालिएको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

नेकपा एमाले तिन तरेलीको नेतृत्व विकास गर्नका लागि ४० वर्ष माथि, ३० देखि ४० वर्ष र ३० वर्ष मुनिको नेतृत्व विकासका लागि रणनीतिक रुपमा एमालेले संगठन विकास थालेको बताउनुभयो ।

कार्यक्रमलाई नेकपा एमाले धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले पार्टी सुदृढीकरण अभियान सँगै सशक्त बनाउन एकजुट भएर लाग्न एमाले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न जिल्ला प्रतिनिधि परिषद्ले आगामी कात्तिक सम्म जिल्ला अधिवेशन, चैत सम्मा पालिका अधिवेशन र त्यसपछि वडा टोल आधिवेशन गर्ने निर्णय गरेको छ ।

४ सय ५० जिल्ला प्रतिनिधि परिषद् सदस्सीय सहभागी बैठकले युवाहरूलाई पार्टीमा ल्याएर ४० प्रतिशत युवाको सहभागिता गराउने, राजनीतिक प्रशिक्षण दिने, र वामपन्थी बहस सञ्चालनका लागि पुस्तकालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रतिनिधि परिषद्ले पार्टीको इतिहास लेख्नका लागि जिल्लाका पार्टी जिल्ला संस्थापक जगन्नाथ नेपालको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
समसामयिक ९ बुँदे प्रस्ताव पारित गर्दै जिल्ला प्रतिनिधि परिषद् सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्