मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित



काठमाडौं ।

राष्ट्रिय सभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित भएको छ ।  शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई पारित गरेको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्