बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत



काठमाडौँ। 

 स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताउनु भएको छ ।
सिन्धुपाल्चाेककाे   बाह्रबिसे  नगरपालिकाकाे १३औँ नगरसभाकाे उद्घाटन समारा्हलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री बस्नेतले सबै जनप्रतिनिधि जनताकाे सच्चा प्रतिनिधि हुनुपर्ने बताउँनुहुँदै बजेट निर्माण र यसकाे कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिनुभयो । “हामि जनताका सेवक भएकाले भ्रष्टाचार मुक्त समाज बनाउन सबै लाग्नु पर्छ, यसका लागि आफू सजग छु र अरूलाईसमेत सजग हुन आग्रह गर्दछु ” उहाँले बताउनुभयो ।

संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्य र शिक्षा जस्ता क्षेत्र सबै नागरिकमा सर्वसुलभ बनाउन आफू लागि परेको बताउनुहुँदै सबै नागरिकमा आधारभूत सेवाको प्रत्याभूति हुनेगरि काम गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै उहाँले विकास निर्माण र जनसेवामा राजनीति सकारात्मक हुनुपर्ने र निर्वाचनमा  पार्टी फरक भएर लागे पनि विकासमा एकै भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसीना खड्का भण्डारीले प्राकृतिक सम्पदा संरक्षण गर्दै दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय अग्रसर रहेको बताउँदै याेजनावद्धरूपमा कार्यान्वयनमा आफूले काम गर्ने बताउनुभयो ।

त्यस्तै बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आफ्नो नगरपालिकाले किसान बिमा, माध्यमिक शिक्षा पुर्णरूपमा निशुल्क, एम्बुलेन्स तथा सव-वाहनसेवा जस्ता जनता सँग प्रत्यक्ष जोडिएका क्षेत्रमा काम गरिरहेको र नगरकाे बजेट यसकै वरिपरि रहने बताउनुभयो ।

बाह्रबिसे नगरपालिकाले नगरसभामा आगामी अार्थिक बर्षका लागि ६० करोड २२ लाख एक सय 79 बराबरकाे बजेट प्रस्तुत गरेको छ।

मेलम्चीको बजेट एक अर्ब ४४ करोड ९५ लाख

मेलम्ची नगरपालिकाले आफ्नो १४ औँ नगरसभामा आगामी आवका लागि  एक अर्ब ४४ करोड ९५ लाख ३९ हजार छ सयकाे बजेट प्रस्तुत गरेको छ । आज यहाँ आयोजित समाराेहमा नगरपालिकाका प्रमुख आइतमान तामाङले प्रस्तुत गर्नुभएको आगामी आवको बजेट नगरसभाले सर्वसम्मत पारित गरेको छ ।

सभाको उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतले यश क्षेत्रमा २५ शय्याकाे अस्पताल बन्ने प्रक्रिया अगि बढेको बताउनु भयो । उहाँले गरिब तथा असाहयकाे उपचारमा सरकार सधैँ लागिपर्ने बताउनुहुँदै सबै सरकार मातहतका स्वास्थ्य संस्थाले सर्वसुलभ सेवा दिन आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
वि स २०७८ असारमा आएको विनाशकारी बाढीले पुर्णरूपमा क्षति भएका संरचनाको पुनः निर्माणमा आफू विशेष रूपमा लागिपरेको बताउनुभयो । त्यस्तै उहाँले मेलम्चीस्थित बन्दै गरेको बेलिब्रिजकाे अवलोकन गर्दै निर्माणमा कुनै कारणले समस्या आए सहयोग गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्