‘अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्छौ’ : डिआइजी बास्तोला



विराटनगर ।

कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले अपराधरहित समाज निर्माणमा नेपाल प्रहरीले कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट पारेका छन् ।

‘अपराध नियन्त्रण एवं अनुसन्धानमा कुनै र कसैसँग सम्झौता हुने छैन । समाजमा शान्ति सुरक्षाको अवस्थालाई थप मजवुत बनाएर लगिने छ,’ उनले भने, ‘अपराधरहित समाज निर्माण नेपाल प्रहरीको मुख्य उदेश्य हो । नागरिकको विश्वास जितेर समाजमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरी प्रतिवद्ध छ ।’ त्यसका लागि नेपाल प्रहरीलाई थप प्रभावकारी बनाउँदै काम कारबाहीलाई परिस्कृत गरिने बास्तोलाले बताए ।

‘प्रहरीले जनताको मन जित्ने गरी काम गर्नु छ । अपराध नियन्त्रण एवं अनुसन्धान र अन्य काम कारबाहीलाई अझ प्रभावकारी बनाउनु छ,’ उनले भने । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै डीआईजी बास्तोलाले आमनागरिकमा अनभूति हुने गरी प्रदेशभित्र शान्ति सुरक्षाको अवस्था मजवुत बनाइने उल्लेख गरे ।

प्रहरीप्रति जनताको विश्वास बढाउन स्वतन्त्रतापूर्वक जिउन पाउने नागरिकको अधिकारको रक्षा र वाधारहित सहज जीवनयापन तथा नागरिकसँगको सहकार्यमा प्रहरीले ध्यान दिने उनको भनाइ छ । शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउँदै अपराध नियन्त्रणका लागि जनसम्पर्क बढाउन प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम र घरदैलो अभियानलाई जारी राखेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्