वेष्ट इन्डिजसँग नेपाल पराजित



काठमाडौं ।

नेपाल आइसिसी विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २ सय ३८ रनमा अल आउट भएको हो ।

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रन बनाए । त्यो रन जितको लागि पर्याप्त हुन सकेन । गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । नेपालका करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए । नेपालका ब्याटर वेस्ट इन्डिजको बाउन्सर सामु धेरै समय क्रिजमा टिक्न सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस्