विश्वकप क्रिकेट छनोट : नेपालले पायो ३ सय ४० रनको विशाल लक्ष्य



काठमाडाैं  ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोड्यो।

चौथो विकेटका लागि कप्तान होप र पुरनले २ सय १६ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजले नेपालविरुद्ध विशाल योगफल तयार पारेको हो। पुरनले १ सय १५ बलमा १० चौका र ४ छक्का मद्दतमा १ सय १५ रन बनाएका थिए। पुरनलाई दिपेन्द्र सिंह ऐरिले ४४ औँ ओभरको अन्तिम बलमा क्लिन एण्ड बोल्ड गरे। जेसन होल्डर १६ रनमा नटआउट रहे ।

खेलमा राम्रो सुरुवात गरेको नेपालले होप र पुरनको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो। ओडिआइ क्रिकेटमा नेपालले पाएको यो अहिलेसम्म कै विशाल योगफल हो।

प्रतिक्रिया दिनुहोस्