नेपाललाई चौथो सफलता, दिपेन्द्रसिंह ऐरीले लिए विकेट


काठमाडौं ।

जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन् । उनले ४४ ओभरको अन्तिम बलमा नेपाललाई चौथो विकेट दिलाएका हुन् ।

यसैगरी करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिए । यस्तै सन्दीप लामिछानेले १५.३ ओभरमा तेस्रो विकेट लिए
यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले ४५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २८५ रन जोडेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।