आज दिउँसो ४ बजे समाजवादी मोर्चा घोषणा हुँदै



काठमाडौं । समाजवादी मोर्चा घोषणाको पूर्वनिर्धारित समय सरेको छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको हो ।

आज (सोमबार) दिउँसो ३ बजे तय गरिएको मिति सारिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि मिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो ४ बजे माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले संयुक्त समाजवादी मोर्चा घोषणा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्