संसदीय सुनुवाइ समितिमा पुगे कार्यवहाक प्रधानन्यायाधीश कार्की, सुनुवाइ जारी



काठमाडौं । संसदीय सुनुवाई समितिमा कार्यवहाक प्रधानन्यायधीश हरिकृष्ण कार्की पुगेका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएपछि उनी सिंहदरबार पुगेका हुन् ।

उनी पुगेलगत्तै सुनवाई शुरू भएको छ । लामो समयदेखि कार्यवहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनीविरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

एनीविरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्