प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध रिटको सुनुवाइ हुँदै



काठमाडौं । वर्तमान वहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचयड र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध दायर रिटको सुनुवाई आज (मंगलबार) हुँदैछ ।

प्रचण्ड र भट्टराईविरुद्ध रिट दायर भएको छ । १० वर्षे सशस्त्र संघर्षमा बालसेना प्रयोग गरेको भन्दै लेनिन विष्टसहितले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

विष्ट र कृष्णप्रसाद दंगाललगायतले तत्कालीन ‘जनयुद्ध’का सुप्रिमो प्रचण्ड, डा.भट्टराई र त्यसका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्