जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानमा धुवाँ देखिएपछि…



जनकपुरधाम।

जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।

यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौँका लागि उडान भर्ने क्रममा यात्रुले धुवाँ देखिएको बताएपछि उडान रद्द गरिएको हो।

दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्