प्रधानमन्त्री पत्नी दाहाल अस्पताल भर्ना



काठमाडौँ ।

प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।

प्रतिक्रिया दिनुहोस्