संसद्‌मा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री प्रकाशशरण महत



काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाईएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो । सोक्रम हिजोबाट सकिएपछि आज (सोमबार) अर्थमन्त्रीले जवापफ दिन लागेका हुन् ।

प्रतिनिधि सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्रावधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्