आज संघीय संसद्को संयुक्त बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुँदै



काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दैछ । आज (बुधबार) संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे संयुक्त बैठक बस्न लागेको हो ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्वबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्