प्रधान सेनापतिबाट अलङ्कार र पदकद्वारा सुशोभन



काठमाडौँ।

संविधान दिवसको अवसरमा विभिन्न अलङ्‍कार तथा पदकबाट विभूषित भएका अधिकृत, पदिक तथा अन्यदर्जा गरी ३९ जनालाई अलङ्‍कार र पदकद्वारा सुशोभन गरिएको छ।

मंगलबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्माले संविधान दिवस २०७९ मा घोषित अलङ्‍कार र पदक प्राप्त गर्ने मध्ये अधिकृत २१, पदिक ६ र अन्यदर्जा १२ गरी जम्मा ३९ जनालाई अलङ्‍कार र पदकद्वारा सुशोभन गर्नु भएको हो ।

कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सिताराम खड्का लगायत रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

गत आश्‍विन ०३ गते संविधान दिवसको अवसरमा नेपाली सेनाका २७ जनाले विभिन्न मानपदवी, २७ जनाले अलङ्‍कार र २९ जनाले पदक प्राप्त गरेका थिए ।

मानपदवी प्राप्त गर्ने सकलदर्जा गत बैशाख ०१ गते राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा सम्माननीय राष्ट्रपतिबाट विभूषित भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्