हिमालयन ब्रोकेज कम्पनीसहित ७ ब्रोकरले पाए सञ्चालन अनुमति



काठमाडाैं  ।

धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई सञ्चालनको लागि अनुमति दिएको छ।

भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई अनुमति दिएको हो।

यसरी अनुमति पाएको ३० दिनभित्र बोर्डले स्थलगत निरीक्षण र जाँचबुझ गर्नेछ। थप व्यवस्था गर्नपर्ने देखिएमा बोर्डले ३० दिनको समय थपिदिनेछ।

हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्। यो सँगै ब्रोकर कम्पनीको संख्या ५७ पुगेको छ। थप ३६ कम्पनीले यसअघि आशय पत्र पाएका छन्।

प्रतिक्रिया दिनुहोस्