एमसीसी अनुमोदनको बाछिटा : नेपालमा अमेरिकी सेनाको बाक्लो उपस्थिति



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसद्बाट एमसीसी अनुमोदन गरिएको एक वर्षभित्रै अमेरिकी सेनाको बाँक्लो उपस्थिति रहेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंमा आज (बुधबार) ३१औं मदनाआश्रित स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गराए पश्चात् अमेरिकी सेना र सरकारका एकपछि अर्को झुण्डहरू नेपालमा आउने गरेको बताए ।

उनले भने, ‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरू नेपालमा आएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अमेरिकाका रक्षामन्त्रीहरू आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीकोमा पुग्ने गरेको भन्दै नेपाललाई खेलमैदान बनाउन खोजिएको बताए ।

प्रतिक्रिया दिनुहोस्