अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्सद्वारा तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण 



काठमाडौँ। 

अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्सले मंगलबार  तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नुभएको छ । उहाँले प्रतिष्ठानका सम्पूर्ण आँखा सेवा प्रदान गर्ने इकाईहरू, विभागहरू साथै फर््ेड हलोज फाउण्डेसन नेपाल अफिसको अवलोकन गर्न भयो  । सोही क्रममा  उहाँले डा. सन्दुक रुईत र कार्यकारी टोलीसँग छलफल गर्नु भएको थियो ।

उक्त अवसरमा उहाँले  आगन्तुक पुस्तिकामा टिप्पणि गर्दै  “म तपाईँहरूको उच्च  व्यावसायिकता र उत्पादकत्वबाट धेरै प्रभावित छु । मानव जीवनमा सार्थक परिवर्तन ल्याई रहनु भएको छ । राम्रो कार्य” भन्ने उल्लेख गर्नु भएको छ । विगत तीस बर्षदेखि फ्रेड हलोज फाउण्डेशन अस्ट्रेलिया र तिलगंगा आँखा प्रतिष्ठानबिच आँखा स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न सहकार्य भइहरेको छ भन्नुभयो ।

फ्रेड हलोज फाउन्डेसनको सहायताबाट आँखाको मोतिया बिन्दुको शल्यक्रिया पश्चात् राखिने ईन्ट्रा अकुलर लेन्स उत्पादन गरी उक्त लेन्स नेपाल र अन्तर्राष्ट्रिय स्तरमा वितरण हुने कार्य सम्भव भएको छ । साथै उक्त अवसरमा अस्ट्रेलियाका मन्त्री र प्रतिष्ठानका कार्यकारीबीच नेपाल र यस क्षेत्रमा आँखा स्वास्थ्य सेवाको विस्तारमा सहकार्य गर्ने विषयमा छलफल भएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्