दार्चुलामा चटयाङमा परेर तीन जना घाइते



दार्चुला ।

दार्चुलामा चटयाङमा परेर तीन जना घाइते भएका छन् । यार्सगुम्बा संकलन गरिरहेकामाथि चटयाङ पर्दा तीनजना घाइते भएका हुन् । उनीहरुको अहिले उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् । यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्