अब कसैले पनि स्वास्थ्य उपचार नपाएर मर्नुपर्दैन : स्वास्थ्यमन्त्री  बस्नेत



सिन्धुपाल्चोक । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ ।

हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको र अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताउनुभयो ।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाउनुभयो । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समीरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताउनुभयो । उहाँले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता कान्छा लामा, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामा सहितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ ।

हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको र अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताउनुभयो ।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाउनुभयो । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समीरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताउनुभयो । उहाँले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता कान्छा लामा, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामा सहितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्