मोरङमा १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा एक युवा चढेपछि…



मोरङ  । 

मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं.७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् ।

बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् । गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्