एआईजी ज्ञवालीविरुद्धको मुद्दा अख्तियारद्वारा तामेलीमा



काठमाडौँ । 

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीको नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत ब्यहोराको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ ।

 उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नं (अ०४३७४७) २०७९–११–१४ मा दर्ता भएको थियो । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक  ज्ञवालले नागरिकताको जन्म मिति फरक पारी सरकारी निकायलाई झुक्क्याई जागिर खाएको भन्नेसमेत ब्यहोराको उजुरी सम्बन्धमा अख्तियारले प्रारम्भिक छानबिन सम्पन्न गरी आयोगको मिति २०८०–०१–१४ को निर्णय अनुसार पछि थप प्रमाण फेला परेमा कानुन बमोजिम हुने गरी हाललाई सो उजुरी तामेलीमा राखिएको जनाएको हो ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ९१३० बमोजिम उक्त मुद्दा तामेलीमा राखिएको जानकारी गराइएको छ ।

 उक्त जानकारी अख्तियारले नेपाल प्रहरी प्रधान कार्यालय, नक्साललाई वैशाख १५ गते पत्र लेखी उजुरी तामेलीमा राखेको जनाएको छ । उक्त मुद्दामा क्लिनचिट पाएपछी एआईजी ज्ञवालीले आफूलाई अख्तियारले न्याय दिलाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्