आफ्नै  सरकार भएर पनि सब ठिक हुन्छ भन्न सक्ने अवस्था छैन : महामन्त्री थापा



धादिङ। 

नेपाली काँग्रेसकाे अर्थमन्त्री र सरकारमा भएको पार्टी भएपनि यतिखेर सबै ठिक छ भन्न सकिने अवस्था नरहेको नेपाली काँग्रेस महामन्त्री गगन थापाले बताउनुभएको छ ।

शनिबार धादिङबेसीमा नेपाल वितरक महासंघकाे ११ औँ साधारणसभाकाे उद्घाटन गर्दै यस्तो बताउनुभयो ।

 देश आर्थिक  संकटमा परेकाेले अहिले राष्ट्रपतिदेखि वडा सदस्य सम्मले आफूले  सरकारकाे भत्ता नलिएर आर्थिक  रुपमा देशलाई सघाउनु पर्नेमा महामन्त्री थापाले जाेडदिँदै उपचार खर्च र बैठक भत्ता कटौती गर्नुपर्ने अवस्था आएको  बताउनुभयो ।

अर्थमन्त्रीले बजेट बनाउँदा यसअघि नयाँ याेजना र कार्यक्रम खोजिगरेर हाल्ने गरिएको भएपनि अहिले याेजनाहरु कटौती गर्ने उपाय खोजिगरेर बजेट घटाउने थापाले बताउनुभयो । वितरकहरुकाे समस्या समाधानका लागि आफूले  पहल गर्ने थापाको भनाइ छ ।

यसैगरी नेपाली काँग्रेस धादिङ २ नम्बर क्षेत्रिय अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले कार्यकर्ता मिलेर भ्रष्टाचार निर्मूल पार्न आग्रह  गर्नुभयो ।
काँग्रेस कार्यकर्ताहरुले महामन्त्री थापालाई प्रश्नै प्रश्न गरेका थिए ।

स्वास्थ्य, शिक्षामा जाेडदिन र नेपाली काँग्रेसले पार्टीको नीति सिद्ध अनुसार चलाउन काँग्रेस कार्यकर्ताले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्