ओलीकै संरक्षणमा रायमाझी, प्रधानमन्त्री प्रचण्ड मौन



काठमाडौं ।

नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका नेकपा एमाले का सचिव एवं पूर्प उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा छन् ।

अदालतको आदेशअनुस मंगलबार नै पक्राउ पुर्जी जारी गर्दै प्रहरीले खोजीगरेको भनीएका रायमाझीलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले संरक्षण गरेको कुरा बाहिरिएको छ । रायमाझीलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको हल्ला आएपनि एकैछिनमा सेलायो । रायमाझीलाई जोगाउन अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाउनुभएको छ ।

एक प्रहरी अधिकृतका अनुसार फरार भनीएका एमाले सचिव रायमाझी अध्यक्ष ओलीको बालकोटस्थित घर वा नजिकै रहेको गुगल लोकेशनले देखाएको छ । ती प्रहरी अधिकृत भन्छन,रायमाझी बालकोट छन भन्ने प्रहरीका हाकिमहरुलाई पनि थाहा छ । तर, शीर्ष नेताको संरक्षण भएकाले उनिहरुले पनि चाल नपाएजस्तो गर्न बाध्य छन् ।

यसअघि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तामा रायमाझीलाई पक्राउगरे त्यसबाट उत्पन्न समस्या तपाईले बेहोर्नु पर्छ भन्नेभाषामा थर्काउनुभएको थियो ।

वार्ताका क्रममा ओलीले ‘रायमाझी बाटोमै समात्नुपर्ने मान्छे होइन’ भनेर चोख्याउने प्रयास गर्नुभएको थियो । ओलीको उक्त अभिव्यक्तिले रायमाझी प्रहरीले पक्राउ गरिसकेको जनाउँछ । तर, प्रहरीले भने अनभिज्ञता प्रकट गर्छ । ओलीले दबाब बढाएपछि प्रधानमन्त्रीकै निर्देशनाा प्रहरी ‘ब्याक’ भएको श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्