काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एकाउन्टेन्ट (लेखापाल) विनोद विष्ट एक लाख पचास हजार चेक र ५० हजार नगदसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सई विष्टलाई शुक्रबार नयाँ बानेश्वरबाट रंगेहात पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।
विशेष सूचनाको आधारमा आयोगको टोलीले महोत्तरीबाट रकम बुझ्न काठमाडौं आएका विष्टलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ।











प्रतिक्रिया