नवनियुक्त मन्त्रीहरूको शपथ भोलि


काठमाडौं ।

नवनियुक्त मन्त्रीहरूलाई भोलि बिहीबार शपथ खुवाइने भएको छ। नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन जना मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ गराइने भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले बिहीबार ३ बजे शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिए।

राष्ट्रपति पौडेलले कांग्रेस सांसदहरु धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।