कांग्रेसबाट तीन मन्त्री थपिए : कानुनमा धनराज गुरुङ र स्वास्थ्यमा मोहन बस्नेत



काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका ३ सांसदहरुलाई मन्त्रीमा नियुक्त गरेका छन्। उनले धनराज गुरुङ, मोहनबहादुर बस्नेत, डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्