भ्रष्टाचार प्रकरणमा मुछिएका सचिव पाण्डेलाई म्याद थप्न अदालत ल्याईयो


काठमाडौ‌ं।

ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याईएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा आज दिउँसो पक्राउ गरिएको थियो । पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतले प्रहरीलाई सचिव पाण्डेमाथि थप अनुसन्धानका गर्नका लागि पहिलोपटक म्याद लिन खोजिएको हो ।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी,आजै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी लगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।