राष्ट्रपति पौडेलले आफनो उपचार खर्च आफै बेहोर्ने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै बेहोर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन् ।

‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छात्तिमा जमेको पानीमा संक्रमण बढेपछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचारपछि राष्ट्रपति पौडेल आइतबार राती स्वदेश फर्केका हुन् ।

प्रेस विज्ञप्ति :

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।