बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत


बर्दिया । 

बर्दियाबाट १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । १७ वर्षीया किोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।