मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिने गृहमन्त्री श्रेष्ठकाे आश्वासन



जनकपुरधाम ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका छन् ।  जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन् ।

साथै उनले पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए । सरकारले पीडकलाई कुन राजनीकि दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले मिटरब्याजीलाई जोगाउन भूमिका खेल्यो भने उनीहरुलाई पनि कानुनी कारबाही गरेर पीडितलाई न्याय दिने बताए ।

प्रतिक्रिया दिनुहोस्