अयोग्य लडाकुलाई सहयोग दिने कुरामा काँग्रेसको सहमति छैन : भीष्मराज आङ्देम्बे 



फिदिम। 

नेपाली काँग्रेसका सहमहामन्त्री एवं संविधानसभा सदस्य भीष्मराज आङ्दम्बेले मुलुकलाई आर्थिक संकट परेकाेवेला अयाेग्य लडाकुलाई सहयोग गर्ने कुरामा काँग्रेसको सहमति नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पाँचथरकाे जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता आङ्देम्बेले केही महिनामा कर्मचारीलाई समेत तलब खुवाउन नपाउने परिस्थिति हुँदै गएको सन्दर्भमा पूर्व लडाकुका नाममा दिइने भनेको सहयोगका विषयमा काँग्रेसको असहमति रहेको बताउनुभएको हो ।

`विस्तृत शान्ति सम्झौताको मर्म भावना लाई समेट्दै  आर्थिक रुपले जर्जर भएको यो परिस्थितिमा हामीले सचेतताका साथ निर्णय गर्नु पर्छ । अहिले पूर्वअयोग्य लडाकुरालाई २ लाख सहयोग दिने सरकारकाे निर्णयमा काँग्रेसको सहमति छैन ।´

आर्थिक रुपले जर्जर भइरहेको वेलामा लडाकुलाई दिने सहयोगका कुरामा अर्थमन्त्रीले नै जानकारी छैन  भनिसकेपछि  त्यही अनुसार बुझ्नु पर्ने उहाँले बताउनुभयो । `काँग्रेस राष्ट्रमा संकटकाबेला सचेत रहँदै प्रधानमन्त्री लाई सहयोग रकम वितरणका कुराबाट पछि हट्न अनुरोध गरेका छाै । त्यसमा काँग्रेसको सहमति छैन´, उहाँले भन्नुभयो ।

काेशी प्रदेशको नामकरणका सन्दर्भमा  हिंसात्मक आन्दोलनमा पुग्नु अघि नै आन्दाेलनरत पक्ष र सबै राजनीतिक दलका नेताहरु बीच सचेत हुँदै समस्या समाधान गर्नु पर्ने उहाँले बताउनुभयो । `यो विषयलाई गम्भीरताका साथ लिँदै नेपाली काँग्रेसले सबै जिम्मेवार राजनीतिक दलहरुलाई सयामित भएर जिम्मेवारीपूर्ण ढङ्गले निष्कर्ष  निकाल्न अनुरोध गरेको छ ।´

आन्दोलनको रापताप वा दुईतिहाई  बहुमतबाट समस्या समाधान गर्न सकिने बताउनुभयो।
प्रदेशमा उठिहरेको आक्रोशको ज्वालालाई निभाउन पहिचान पक्षधरहरुलाई समेटेर छलफल बाट समाधान गर्न काँग्रेस सकारात्मक रहेको समेत बताउनुभयो ।
फरक प्रसङ्गमा आङदेम्बेले काँग्रेसलाई सच्याउन नीति अधिवेशन गर्ने र विधानतरुपमा सच्याएर जाने  बताउनुभयो ।  नयाँ अनुहारहरुलाई अवसर दिएर जाने कुरामा पार्टीले सूक्ष्म समीक्षा गर्ने र अवसरहरु नपाएका तर पार्टीमा निरन्तर खटेका नयाँ साथीहरूले जिम्मेवारी पाउने विश्वास व्यक्त  गर्नुभयो ।

उपनिर्वाचनको परिणामले आत्तिनु नपर्ने भन्दै  सच्चिने कुरामा पार्टीले सकारात्मक छलफल थालेको बताउनुभयो । पार्टीभित्र पोखिएका पछिल्ला असन्तुष्टिहरू  प्रति पार्टी सचेतहेकाे भन्दै उहाँले १५ ओै महाधिवेशनमा पुराना नेताहरु बाहिरिँदै जाने र नयाँ युवा नेताहरुले जिम्मेवारीमा पुर्‍याउने विषयमा विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्