नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य



काठमाडौँ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२.२ ओभरमा १४१/३ भएको बेला वर्षा भएपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झर्‍यो । त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रन बनाए ।

कुवेतले पाउने लक्ष्य डीएल मेथडबाट तय हुँदा १ रन घटेर २८१ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्