कपन हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन



काठमाडौँ।

कपनकाे सरस्वतीनगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ।

वैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट भएको हत्याबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले जानकारी दिए।

उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआइजीको नेतृत्वमा समिति गठन गरिएको हो।

समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र अन्य प्रहरी एसपी र डिएसपीसमेतको सहभागितामा उच्चस्तरको छानबिन समिति गठन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्