लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ मन्त्रीले पनि खाए शपथ



बुटवल ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

साथै तीनजना मन्त्रीलाई पनि नियुक्त गरेर शपथ खुवाइएको छ । लुम्बनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की राजेश, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन् । यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्